हाम्रा उदेश्यहरु

हाम्रो मुख्य उदेश्य नै ग्राहकको ब्यबसायीक समस्याको हल गर्ने हो |  ग्लोबल एक्स कन्सल्टिंङले तपाइको समस्यालाई आफ्नै सम्झेर पछिका लागि समेत केही किसिमको अप्ठेरो नआउने तरिकाले हल निकाल्न परामर्स तथा सेवा उपलब्ध गराउदै आएको छ I  यो तपाईहरुको ब्यबसायीक कागजात समयमा नै कार्यलय प्रक्रिया गर्ने , नियम सम्बन्धी जानकारी दिने र छिटो / छरितो रुपमा काम गराउनका लागि दक्ष र अनुभवी कर्मचारीहरुको समूह रहेको सहरकै एक प्रचलित संस्था हो I

समयमा सम्पन्न

ग्राहकहरुले जिम्मा दिनुभएको काम समयभित्र सक्नको लागि कागजात मिलाउने, सम्बन्धित कार्यालय को प्रकृया गरी दिने  तथा कागजात सम्बन्धि परामर्श सेवा र कर सम्बन्धि सम्पूर्ण काम सजिलै रुपले समयमा गरिनेछ I यसरी जिम्मा दिदा ग्राहकले  आफ्नो समय अन्य आम्दानी मुलक काममा लगाउन सक्नुहुने छ |

परामर्श

ब्यबसायका लागि कानुनी , लेखा , अर्थ , बैंक लोन प्रक्रिया लगायतका बिषयमा ब्यबसायीहरुलाई तथा लेखा र अर्थ का क्षत्रमा काम गर्न चाहने जनशक्ति लाइ समन्धित बिसयमा सशुल्क/निसुल्क परामर्ष उपलब्ध गराउद छौ | सरकारी कार्यालय सम्बन्धि ताजा खबर र नियम परिवर्तनको बारेमा जानकारी तथा समस्याको हलका लागि चाँडो भन्दा चाँडो हाम्रा ग्राहक वर्गहरुको सामु उपलब्ध सेवा उपलब्ध गराउँदछौँ |

विश्वसनिय र भरपर्दो

ग्लोबल एक्स कन्सल्टिङ एउटा सरल र भरपर्दो किसिमबाट ग्राहकहरुको सेवामा  समर्पित संस्था भएकोले तपाइको ब्यबसायको लेखा , अर्थ र कानुनी समस्या हामी सरल तरिकाले सम्हाल्ने छौँ र समस्या आएको खण्डमा त्यसको हल निकाल्न हाम्रो सदा तत्परता रहने छ  I

निम्न शुल्क

  • गुणस्तरीय सेवा थोरै लागतमा पाउनका लागि ग्लोबल एक्स कन्सल्टिंङ एउटा भरपर्दो माध्यम हो I
  • बजारमा चलनचल्ती दर भन्दा कममै तपाईको समस्याको हल निकालेर सेवा प्रदान गर्छौ I
  • समयमा नै कर तिरी अन्य दस्तुर र अनावश्यक खर्चबाट हजुरलाई जोगाउन हामी मद्धत पुर्याउँछौ I

फरक सेवाहरु एकै स्थानमा

ब्यबसायका लागि कानुनी, लेखा, अर्थ ,ब्यबसायिक परमिट , लोन प्रक्रिया ,बैदेशिक लगानी तथा कर परामर्श लगायतका  बिषयमा दक्ष र अनुभवी परामर्षदाताहरुबाट भरपर्दो परामर्ष र सेवा  पाइने भएकोले साथै लेखा प्रशिक्षकद्वारा लेखा तालिम र प्लेसमेन्टको समेत सेवा यहाँ एकै ठाउँमा उपलब्द छ I