समस्या बक्तब्य


बजारमा इच्छुकता, लगानी र बढ्दो मानव संसाधनको बाबजुद पनि अधिकांश नेपाली कम्पनीहरू र स्गठनहरूले राजनीतिक र आर्थिक संकटबाट मात्र नभई कमजोर ब्युरोक्रेसीबाट पनि चुनौतीहरूको सामना गरिरहेका छन्। नेपाली बजारमा गरिएको हाम्रो एउटा अनुसन्धानबाट हामीले अन्ततः नेपाली ब्यवसायीहरु र संगठनहरूका समस्या  र यसका सम्भावित समाधानहरू औल्याई हाम्रो लक्ष्य / उद्देश्यको रुपमा  समस्याहरू समाधान गर्न अन्तमा हामीले हाम्रा ग्राहकहरूको लागि केहि उत्पादनहरू र सेवाहरू विकास गर्यौ र एक ब्राण्ड ग्लोब एक्स कन्सल्टिंङ मार्फत प्रभावकारी / सक्षम जनशक्ति मार्फत उक्त सेवाहरु प्रदान  गरिराखेका छौं।
 

सहि जानकारीको अभाब


सरकारी संस्थानहरूद्वारा उपलब्ध सूचना तथा नियम स्पष्टसंग बुझ्न नसक्दा जानकारीको अभावको कारण र प्रभावकारी सूचना केन्द्रहरूको अभावमा कम्पनीहरू र व्यवसायका संचालकहरुले सम्बन्धित सरकारी विभागहरूमा सही र समयमै दस्तावेज / रिपोर्ट बुझाउने चुनौती सामना गरिरहेका छन।

थप लागत

आयकर, भ्याट, रेजिष्ट्रेसन शुल्कको रूपमा नियमित खर्चको बाहेक पनि ब्यवासीहरुले धेरै जरिवाना सम्बन्धित सरकारी कार्यालयमा प्रतिवेदन र कागजात पेश नगरेका कारण थप शुल्क तिरिरहेका छन्। उदाहरण को लागी: कम्पनि रजिस्ट्रार कार्यालयमा ढिला बिवरणका कारण, भ्याट बिवरण समयमा दाखिला गर्न छुट भएका कारण, व्यवसायिक लाईसेन्स नबिकरण समयमा नवीकरण नभएका कारण महँगो जरिवाना तिर्नुपर्ने स्थिति रहेको छ|

बहु सेवा प्रदायकहरू र परामर्शदाताहरूको नियुक्ति

ब्यवसायीहरुले उचित कागजात, बिवरण र रिपोर्टका लागि विभिन्न सल्लाहकारहरू नियुक्त गर्नुपर्ने र यस्ता परामर्स र सेवाहरुका लागि  लेखा कर्समचारी,सल्लाहकार, वकिल,अडिटर आदि नियुक्त गर्नुपर्ने र साना ब्यवसायीका  लागि यी सम्पूर्ण गर्नुपर्दा खर्चिलो हुने गरेको छ | साथै मन्त्रालय विभाग, कम्पनी रजिस्ट्रार को कार्यालय, कर कार्यालय आदिका कामका लागि छुट्टाछुट्टैखर्च गर्नपर्दा संचालकहरुलाई व्यवसाय चलाउन खर्गाच र शुल्रोक दुवै हिसाबले गारो परिरहेको  देखिन्छ |  

भ्रम र जानकारीको अभाब

कम्पनीले रेजिष्ट्रेसन कार्यालय, सम्बन्धित मन्त्रालय, कर / भ्याट मुद्दाहरु इत्यादिमा कागजात/बिवरण फाइल गर्ने बारेमा भ्रम रहेकाले पनि  मिति र पेस गर्ने प्रक्रियामा ढिलाइ भएको देखिन्छ। केही कागजातहरू सरकारको बहु विभागमा पेश गर्नुपर्ने भएकाले पनि पूर्ण ज्ञान नहुदा अलमल्ल भई  समय र खर्चदुवै बढी लाग्ने देखिन्छ |

समय / म्याद सिमा

यदि कागजात पेश गर्न ढिलाइका कारण समयसीमा पार गरिएको छ भने कम्पनीहरूले त्यस्तो अवस्थामा सरकारी जरिवाना र दण्ड समेत भोग्नुपर्नेहुन्छ ; कम्पनी रजिस्ट्रारको कार्यालयमा बिवरण पेश गर्न ढिलाइ भएमा महँगो जरिवाना तथा कर कार्यालयमा ढिला शुल्क र ब्याज समेत आदि तिर्नुपर्ने हुन्छ |